१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नदीमा पौडी खेल्नेक्रममा बेपत्ता


0
Shares

बर्दिया, भदौ २७ । बर्दियामा बबई नदीमा पौडी खेल्नेक्रममा शनिबार एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा गुलरिया नगरपालिका–५ का २२ वर्षीय सनी थारु छन् ।

बेपत्ता थारुको सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् टोलीद्वारा खोजी भइरहेको छ ।

यसअघि, शुक्रबार गेरुवा गाउँपालिका-१, खोल्टीबजारको चारौंगो कुलामा नुहाउनेक्रममा बेपत्ता भएका नौ वर्षीय बालक सागर चलाउनेको मृत्यु भएको थियो ।