१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्रै सम्पन्न’


0
Shares

पोखरा, भदौ २७ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ‘सीएमसी’ले सन् २०२१ को जुन महिनाभित्रै काम सम्पन्न गर्ने जनाएको हो ।

विमानस्थल निर्माणकार्यको अनुगमन गर्न पोखरा आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई चिनियाँ निर्माण पक्षले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने प्रतिबद्धता जनाएको छ ।

मन्त्री भट्टराईले आयोजनालाई आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

निर्माण सामग्रीको अभावका कारण गति सुस्त भएपनि अब द्रुतगतिमै काम अघि बढाउने आयोजनाले जनाएको छ ।

विमानस्थलमा करिब ६५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।