
काठमाडौं, भदौ २७ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ ।
खेलमा आर्सनलले सानदार सुरुआत गरेको छ ।
लिगको पहिलो खेलमा आर्सनलले फुल्हमलाई उसकै मैदानमा ३-० ले पराजित गरेको हो ।
मध्यान्तरसम्म १-० ले अग्रता लिएको आर्सनलले मध्यान्तरपछि दुई गोल थपेको हो । एलेक्जेन्डर लाकाजेट्, गाब्रियल र पिर्रे एम्रिक उबामायेले एक/एक गोल गरे ।
साविक विजेता लिभरपुलले भने नवप्रवेशी क्लब लिड्स युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ ।
कोरोनाभाइरसको महामारीका कारण प्रभावित भएको गत सिजनको उपाधि लिभरपुलले जित्दा म्यानचेस्टर सिटी दोस्रो, म्यानचेस्टर युनाइटेड तेस्रो, चेल्सी चौथो र लेस्टर सिटी पाँचौं भएको थियो ।
प्रतिक्रिया दिनुहोस्