६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रिमियर लिगः सलालको ह्याट्रिकले लिभरपुलको सुखद सुरुवात


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ ।

गए राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।

खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४–३ को जित दिलाए ।

यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो । एजेन्सी