२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


नेपाल भित्रियो औरा कार, आधुनिक र प्रभावशाली डिजाइन भएको दाबी


0
Shares

काठमाडौं । आधुनिक र प्रभावशाली डिजाइन भएको नयाँ ‘औरा कार’ नेपालमा भित्रिएको छ ।

हुन्डाइ मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ औरा नेपालमा सार्वजनिक गरेर विक्री सुरु गरेको हो ।

‘सेन्सियस स्पोर्टनेस’ मा बनेको भनिएको कारको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निस र ग्लोसी कालो र्‍यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको कम्पनीको दाबी छ ।

ह्येन्दे औरा एस भेरियन्टको १.२ पेट्रोल इन्जिनको १ हजार १९७ सीसीमा मात्र उपलब्ध हुनेछ ।

विभिन्न कलर भेरियन्ट रहेको यो कारको मूल्य रू. ३३ लाख ९६ हजार रहेको कम्पनीले बताएको छ ।

यो नयाँ कार भित्रिएपछि स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने कम्पनीको दाबी छ ।