
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ ।
गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको मृत्यु भएको छ ।
यस्तै गएको साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विदेशका विभिन्न १६ देशमा कोरोनाबाट २ सय ४३ नेपालीको मृत्यु भइसकेको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।
बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।
समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्