
चितवन । मलमा कालोबजारी गरेको आरोपमा चितवन प्रशासनले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको आरोपमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरेलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कालोबजारीका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । सहकारीले अनुदानको मल प्रतिबोरा ७ सय ५० मा किनेर १२ सय ५० मा बिक्री गरेको आरोप लागेको छ ।
निर्मल सहकारीले ठेक्कामा डिपो चलाएकोसमेत आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्