१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोक पहिरो: पाँच जनाको शव भेटियो, २६ जना बेपत्ता, १८ वटा घर पुरिए


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव भेटिएको हो । नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको पहिचान भएको छ । अझै २६ जना बेपत्ता रहेको बताइएको छ । ३ जना घाइते अवस्थामा छन ।

पहिरोमा कारण १८ वटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा मा ८ र भीरखर्कमा १० वटा घर पुरिएका छन् । त्यहाँ दर्जनौ बेपत्ता रहेको आशंका गरिएको छ ।

रातीदेखि अत्यधिक वर्षा भएकाले घटनास्थलमा पुगेर विवरण संकलन गर्न समस्या भएको स्थानीयले बताएका छन् ।

यता सिन्धुपाल्चोकका एसपी राजन अधिकारीका अनुसार उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकासँगै स्थानीयको सहयोगमा अघि बढिरहेको छ ।

पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको दूरीमा रहेको छ ।

यसैबीच सभामुख अग्नी सापकोटा काठमाडौंबाट सिन्धुपाल्चोकको बाहबिसे प्रस्थान गर्नुभएको छ । खराव मौसमका कारण उहाँ स्थलमार्गबाट घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ ।