
सर्लाही । मुलुकका विभिन्न स्थानमा जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या भएको छ ।
तर, सर्लाहीको हरिवन नगरपालिकाले भने नदीले कटान गरेको बगरमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।
हरिवन नगरपालिकाले खेर गएको जमिनमा औद्योगिक ग्राम बनाउने भएको छ ।
हरिवन–११, चापिनीमा खोलाले कटान गरेको जमिनमा औद्योगिक ग्राम बनाउन लागिएको हो ।
संघीय सरकारले लिएको एक स्थानीय तह एक औद्योगिक ग्राम नीतिअन्र्तगत हरिवनमा औद्योगिक ग्राम बन्न लागेको हो ।
जसका लागि संघीय सरकाले गत आर्थिक वर्षमा पठाएको एक करोड रुपैयाँबाट जग्गा अधिग्रहणन गर्ने तथा पर्खाल लगाउने र खोला नियन्त्रणको काम भएको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्दकी बताउनुहुन्छ ।
करिब ८ बिगाह क्षेत्रमा स्थापना हुन लागेको औद्योगिक ग्राममा हरिवन क्षेत्रका व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न सहज हुने र हरिवन नगरपालिकाको आर्थिक विकासमा मद्दत पुग्ने हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठको भनाइ छ ।
नदी उकासेर कृषियोग्य तथा वनको जमिनलाई सुरक्षित राख्नाले खेर गएको जमिनको सदुपयोग हुनुका साथै कलकारखाना स्थापनाले बेरोजगारीको समस्यासमेत हल हुने हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई बताउनुहुन्छ ।
यसरी नदीले काटेर छोडेको जमिनको सही सदुपयोग गर्न सके यसले थप कटान रोकिनुका साथै कृषियोग्य जमिनमा उद्योग स्थापना गर्नुपर्ने बाध्यताबाटसमेत छुट्कारा पाइने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्