२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


केरा प्रतिकोसा एक रुपैयाँमा पनि बिकेन, बारीमै कुहिन थाल्यो


0
Shares

बारा । लकडाउनका कारण बजार बन्द हुँदा बाराको निजगढमा उत्पादन भएको केरा बारीमै कुहिएर खेर गएको छ ।

काठमाडौंसहित पोखरा, नारायणघाट छिमेकी जिल्ला वीरगञ्ज, हेटौडालगायतका बजार बन्द भएपछि निजगढकोे केरा दस रुपैयाँ दर्जनमा पनि नबिकेको किसानले बताएका छन् ।

निजगढकोे केराले मूल्य नपाउँदा पशुको आहारा हुनुका साथै खेतमै झरेर कुहिन थालेको छ ।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आइपुग्न लागेकोे निजगढका कृषकले लकडाउन अवधिमै दुई पटक आर्थिक क्षति ब्योहोरेका छन् ।

गत वैशाखको हाबाहुरीले क्षति पुर्‍याएपछि त्यसबाट बचेको केरा पनि तयारी अवस्थामा बजार लैजान नसक्दा पशुलाई खुवाउनुपरेको कृषकको गुनासो छ ।

लामो समयदेखि खेतबारीबाटै प्रतिकोसा ५ रुपैयाँसम्म मूल्य पाएको केराले अहिले गाउँघरमै प्रतिकोसा एक रुपैयाँ मूल्य नपाएपछि केरा खेतबारीमै कुहिन थालेको हो ।

करिब १५ सय बिघा भन्दा बढी क्षेत्रफलमा निजगढमा किसानहरुले व्यावसायिक रुपमा केरा खेती गर्दै आएको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ ।