
चितवन । चितवनमा होम क्वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५, टाइगर चोककी ८५ वर्षीया महिला छन् ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दीर्घरोग रहेकी वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनको आज बिहान ६ बजे मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्