३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


दिल्ली हिंसामा संलग्न रहेको आरोपमा पूर्व विद्यार्थी नेता उमर खालिद पक्राउ


0
Shares

काठमाडौं । भारतको चर्चित दिल्ली हिंसामा संलग्न भएको आरोपमा दिल्लीको युनाईडेट अगेन्स्ट हेटका सहसंस्थापक उमर खालिद पक्राउ परेका छन् ।

पूर्व विद्यार्थी नेतासमेत रहेका उमरलाई प्रहरीले नियन्त्रणमा लिई ११ घण्टासम्मको सोधपुछपछि दिल्ली हिंसाको योजनाकारको आरोपमा थुनामा पठाएको छ ।

उमरको गिरफ्तारीको विरोधमा युनाईडेट अगेन्स्ट हेटले घटनालाई राजनीतिकरण गर्न खोजिएको भन्दै यसविरुद्ध लडाई लड्ने चेतावनी दिएको छ ।

दिल्लीमा युनाइडेट अगेन्स्ट हेटले उमर खालिदको सुरक्षाको माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शनमा उमर खालिदलाई राजद्रोह र षडयन्त्रसहितको आरोप लगाई फसाउन खोजेको भन्दै आन्दोलन चर्काउने धम्की दिएका छन् ।

उमर खालिद ती विद्यार्थी नेता हुन जसले भारतभर शान्तिपूर्ण र लोकतान्त्रिक पक्षमा आवाज उठाउने गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका बेला उनकै नेतृत्वमा ट्रम्प र अमेरिकाविद्ध प्रदर्शन समेत भएको थियो ।

भारतको नयाँ दिल्लीमा गत फेब्रुअरी २३ देखि २६ सम्म भएको दंगामा ५२ जनाको ज्यान गएको थियो । मारिनेमा ४० जना मुस्लिम र १३ जना हिन्दु रहेका थिए ।(एजेन्सी)