
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।
गएराति भएको यो सिजनको पहिलो खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।
टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।
जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ ।
जोसे मोरिन्होको टोटेनहमले भने हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्