२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बाग्लुङको जैमिनीमा पहिरोले पाँच घर पुर्‍यो, एक वेपत्ता


0
Shares

बाग्लुङ । अविरल बर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनीमा सोमबार विहान पाँच घर पुरिएका छन् भने एक जना वेपत्ता छन् ।

जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएर पूर्ण रुपमा क्षति भएका छन् भने एकजना वृद्धा वेपत्ता हुनुभएको हो ।

घरमाथि पहिरो खस्दा ६१ वर्षीय हरिकृष्ण पौडेलको घर पुरिंदा पौडेल वेपत्ता हुनुभएको छ ।

अन्य परिवारका पाँच जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

यस्तै पहिरोले पवित्रा देबी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्री र तारादेवीको क्षत्रीको घरमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीका भनाई रहेको छ ।

घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ ।