२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु


0
Shares

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

गए रातिदेखि निरन्तर परेको वर्षापछि खसेको पहिरोले स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो ।

परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरी चौकीले जनाएको छ ।

१२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पु¥याएको हो । पहिरोले गोठ भत्किँदा स्थानीयका गाई, भैंसी र गोरुसमेत पुरिएका छन् ।

करिब एक सय रोपनी धानखेतमा पहिरोले क्षति पुगेको फलेवास नगरपालिका–४ का वडाअध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।

पहिरोले मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।