
काठमाडौं, भदौ २९ । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घन्टामा तीन लाख सात हजार ९३० जना कोरोना संक्रमित थपिएको जनाएको छ ।
संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा देखिएको छ ।
भारतमा कोरोनाका ९४ हजार ३७२, अमेरिकामा ४५ हजार ५२३ र ब्राजिलमा ४३ हजार ७१८ नयाँ संक्रमित फेलापरेका छन् ।
योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८० लाख नाघेको छ । जसमध्ये लगभग आधा संक्रमित अमेरिकाका छन् ।
यस्तै, विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ ।
यसअघि, ६ सेप्टेम्बरमा एक दिनमा कोरोनाका सबैभन्दा बढी संक्रमित फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्