२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कुलमान पुनःनियुक्त हुँदैछन् ?


0
Shares

politics kp oli

काठमाडौं, भदौ २९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनःनियुक्ति हुन्छ/हुँदैन भन्ने विषय अहिले चर्चामा छ ।

घिसिङको चारवर्षे कार्यकाल सकिनुअगावैदेखि यो आमचासोको विषय बनेको हो ।

नेपालीलाई ‘लोडसेडिङ’बाट छुटकारा दिलाएको जस पाउनुभएका घिसिङ फेरि उक्त पदमा दोहोरिनुहुन्छ/हुँदैन भन्ने उत्सुकता नागरिकमा छ ।

उक्त पदमा घिसिङलाई निरन्तरता वा अर्को कुनै व्यक्ति नियुक्तिको निर्णय मन्त्रिपरिषद्को बैठकबाट हुनेछ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका केही व्यक्तिहरु घिसिङलाई दोहोर्‍याउनुपर्ने पक्षमा देखिएका छन् ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उक्त पदमा घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा देखिनुभएको छ ।

नेकपाका प्रभावशाली नेता श्रेष्ठले सोमबार ट्वीट गर्दै घिसिङको पुनःनियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकअघि श्रेष्ठको यस्तो ट्वीट आएको हो ।

घिसिङ पूर्वमाओवादीको ‘कोटा’को रुपमा प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभएको थियो । अहिलेपनि पूर्वमाओवादीका शीर्षस्थ नेताहरुकोसमेत साथ उहाँलाई देखिएको हो ।

‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’-श्रेष्ठले लेख्नुभएको छ-‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनःनियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’

यद्यपि, यो मन्त्रिपरिषद्को निर्णयबाट टुंगिने विषय हो । मन्त्रिपरिषद्को क्षेत्राधिकारको विषय हो ।

तर, पूर्वएमाले पक्षधर विपक्षमै भएपनि पूर्वमाओवादी पक्षका शीर्षस्थ नेताहरुको दह्रो साथ घिसिङलाई भएमा उहाँ पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा बहाल हुन सक्नुहुन्छ ।