१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० किलो लागुऔषध अफिमसहित दुईजना समातिए


0
Shares

बाँके, भदौ २९ । १० किलो अवैध लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् ।

सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका-१, भौवाबाट प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बस्ने ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपनगरपालिका-१९ बस्ने २४ वर्षीय वसन्त घर्तीमगर रहेका जनाइएको छ ।

उक्त स्थानमा लागुऔषध अफिमको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरीको टोली खटिएको थियो । सोही टोलीले अफिमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।