१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेइमारमाथि रंगभेदविरुद्धको व्यवहारको छानविन गर्न पिएसजीको माग


0
Shares

काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारविरुद्ध भएको दुव्यहावरको छानविन गर्न माग गरेको छ ।

लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजले रंगभेदी व्यवहार र टिप्पणी गरेको नेइमारले बताएपछि पिएसजीले उक्त घटनाको छानविन गर्न माग गरेको हो ।

आइतबारको खेलमा नेइमारसहित पिएसजीका तीन तथा मार्सेइलीका दुई खेलाडीले इन्जुरी समयको सातौँ मिनेटमा रातो कार्ड पाएका थिए ।

गोन्जालेजलाई हिर्काएकोमा नेइमारले रातो कार्ड पाएका थिए । तर नेइमारले आफूमाथि हात हालिएपछि र रंगभेदी टिप्पणीपछिको प्रतिक्रिया आफ्नो व्यवहार रहेको प्रतिक्रिया दिएका छन् ।

नेइमारले गोन्जालेजले रंगभेदी टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमार्फत त्यसबारे स्पष्ट हुन भिएआरको सहयोग लिन खेल पदाधिकारीलाई सुझाव दिएका छन् ।

मार्सेइलीले वक्तव्य जारी गरेर गोन्जालेज रंगभेदी नरहेको बताएको छ । पिएसजीले समाज, फुटबल र मानव जीवनमा रंगभेदको कुनै स्थान रहेको बताएको छ ।

फ्रान्सेली फुटबलको प्रशासकीय निकाय एलएफपीको अनुसाशन कमिटीले घटनाको अनुसन्धान गरी तथ्यहरु बाहिर ल्याउने अपेक्षा रहेको पिएसजीले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ । एजेन्सी