
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।
अन्य क्लबबाट खेलाडी भित्र्याउन ठूलो रकम खर्च गरेको लण्डन क्लब चेल्सीले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो ।
जर्ज फिलोले पहिलो हाफको २३ औ मिनेटमा गोल गर्दै चेल्सीको खाता खोलेका थिए । तर दोस्रो हाफको सुरुमै चेल्सीले गोल खायो ।
खेलको ५४ औं मिनेटमा ब्राइटनका लियोनार्दो टोसार्दले गोल गर्दै खेलबरीमा ल्याएका थिए । ५६ औं मिनेटमा रेसी जेम्सले गोल गरेपछि चेल्सीले पुनः अग्रता लियो ।
६६ औं मिनेटमा कुर्ज जुमाले गरेको गोलले चेल्सीलाई पुन अग्रतालाई दोब्बर बनाएपछि जित सहज बनाएको हो ।
चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । त्यसपछि खेलमा कुनै गोल नहुँदा चेल्सी विजयी हुँदै तीन अंक लिन सफल भएको छ ।
यस्तै अर्को खेलमा वुल्भसले सेफिल्ड युनाईटेडलाई २–० गोलअन्तरले पराजित गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्