८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शुक्र ग्रहबारे नयाँ तथ्य: ग्यास र सुक्ष्म जीव भेटियो


0
Shares

काठमाडौं । खगोलशास्त्रीहरुले हालैका दिनमा शुक्रग्रहको वायुमण्डलमा ग्यास पाइएको दाबी गर्दै शुक्र ग्रहको बादलमा सुक्ष्म जीवहरु तैरिरहेको खुलासा गरेका छन् ।

फसफोरस र तीनवटा हाइड्रोजन कणबाट बनेको फास्फिन नामको ग्यास शुक्र ग्रहमा पाइएको वैज्ञानिकहरुको दाबी छ ।

यो ग्यास र धरतीबीचको सम्बन्ध जीवनसँग जोडिएको बताउँदै वैज्ञानिकहरुले समुद्री जीव पेन्गुइनको पेटमा पाइने सुक्ष्म जीवसँग शुक्र ग्रहमा तैरिरहेको जीव मिल्दोजुल्दो रहेको अनुसन्धानबाट खुलेको छ ।

बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रीब्सको टोलीले पत्ता लगाएको यो ग्यास र सुक्ष्म जीबलाई जोगाउने उपाय अवलम्बन गर्ने प्रयास जारी राखेको छ ।

प्रोफेसर जेन ग्रीब्सले निकट भविश्यमा नै ब्रम्हाण्डमा जीवन खोज्ने सम्भावना बढी रहेको बताउँदै यसका लागि प्रयास जारी रहने जनाएृको छ ।

शुक्र ग्रहमा वायुमण्डलको मोटो पत्र रहेको छ जसमा कार्वन डाइअक्साइडको मात्रा उच्च रहेको छ ।(एजेन्सी)