
काठमाडौं । जापानको एउटा टापु यस्तो छ जहाँ महिलाहरु जान पाउँदैनन् भने पुरुषका लागि पनि कडा नियम छ ।
जापानको ओकिनोशिमा आइल्याण्ड जानुपूर्व पुरुषले नाङ्गै नुहाउनुपर्छ र महिलालाई पूर्ण प्रतिबन्ध लगाइएको छ ।
युनेस्कोले विश्व धरोहरका रुपमा रहेको सात सय वर्गमिटरमा फैलिएको छ ।
धार्मिक रुपमा पवित्र मानिने यो टापु चौथोदेखि नवौं शताब्दीसम्म कोरियाली प्रायदीप र चीनबीच व्यापार गर्नका लागि प्रयोग गरिन्थ्यो ।
पुरानो रितिरिवाजले चल्दै आएको धार्मिक प्रचलनका कारण महिलाहरुलाई यहाँ जान प्रतिबन्ध गरिएको हो भने जानपूर्व पुरुषले पुरुषहरुले निर्वस्त्र भएर नुहाउनु पर्छ ।
नियम पालना गर्दै एक वर्षमा दुईसय जनाले मात्र टापुमा जान पाउँछन । समुद्रको पूजा गरिने यहाँ मुनाकाता ताइशा ओकित्सु मन्दिर छ ।
यहाँ १७ औं शताब्दीमा जहाजहरुको सुरक्षाका लागि पुजा गर्ने गरिन्थ्यो ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्