१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगन्जमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु


0
Shares

वीरगन्ज । बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

उनलाई हिजो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो ।

तत्कालै आइसियू कक्षमा राखेर उपचार सुरु गरिएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन्, दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।