१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडक खुलाउन समस्या


0
Shares

पर्वत । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा आईतबार रातिदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खुलाउन समस्या भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो खसेका कारण अवरुद्ध सडक सुचारु हुन नसकेको हो ।

सोमबार दिनभर अवरुद्ध सडक सुचारु गराउन प्रयास गरेपनि निरन्तर पहिरो खसेपछि डोजर परिचालन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

आज बिहानैदेखि सडक खुलाउन सुरक्षाकर्मी र स्काभेटर तयारी अवस्थामा राखेको भएपनि ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो गइरहेको स्थलमा जान नसकिएको प्रहरी निरीक्षक सुबेदीले बताउनुभयो ।