२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको नभई तोकिएको जानकारी दिएको छ ।

गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन ।

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले सम्हाल्नुभएको छ ।