
मकवानपुर । मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार विहान हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाइँले जानकारी दिनुभयो ।
कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर–४ का एक महिनाको शिशुसहित १५ जना र मनहरी गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्