
विराटनगर । विराटनगरको गुद्रीबजारमा तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ ।
करिब एक महिनाअघि प्रति केजी ४० रुपैयाँमा पाइने भिन्डीको मूल्य अहिले प्रतिकेजी ८० रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रतिकेजी ३० रुपैयाँमा पाइने आलु अहिले ७० रुपैयाँ र १५ रुपैयाँ किलो पर्ने घिरौला ५० रुपैयाँ पुगेको छ ।
तरकारीको मूल्य दोब्बर बढेपछि उपभोक्ताको भान्सा महँगिएको छ । गुद्रीबजारमा पाँच सय तरकारी व्यापारीहरु छन् ।
पसलपिच्छे फरक मूल्यमा तरकारी बिक्री भइरहेको उपभोक्ताको गुनासो छ । तरकारीको मूल्यको अनुगमन प्रभावकारी भए उपभोक्तलाई सहज हुने उपभोक्ताको आकलन छ ।
तर सरोकारवाला निकायले भने अनुगमनका क्रममा कालोबजारी गरेको नभेटिएको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्