
अर्घाखाँची । अर्घाखाँचीको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।
२५ जनाको क्षमता रहेको कारागारमा ६० जना कैदीबन्दी राखेपछि उनीहरु कष्टकर जीवन बिताइरहेका छन् ।
हाल कारागारमा ५७ पुरुष र ३ महिला कैदिबन्दी रहेका छन् । अहिले भवनभन्दा वरिपरीको पर्खाल जिर्ण हुँदा समस्या भएको जिल्ला कारागार अर्घाखाँचीका जेलर कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
कारागार व्यवस्थापन विभागले गत वर्ष एउटा भवन बनाए पनि पर्खाल जिर्ण हुँदा त्यहाँ कैदीबन्दी सार्न नसकिएको र यसको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन नसकेको जेलर आचार्यको भनाइ छ ।
भवन प्रयोगमा आएपछि झण्डै ८० जना कैदी राख्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्