
पोखरा, भदौ ३० । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
भदौ २५ गते अस्पताल भर्ना गरिएका ती वृद्धमा भदौ २८ मा कोरोना पुष्टि भएको थियो ।
क्यान्सरका बिरामी रहेका उनको सोमबार राति ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका आठ र अन्नपूर्ण र मादी गाउँपालिकाका एक/एकजना गरी कोरोनाबाट कास्कीमा १० जनाको मृत्यु भएको हो ।
कोरोनाबाट गण्डकी प्रदेशभर मृतकको संख्या ३१ पुगेको छ । जसमा कास्कीका १०, गोरखाका छ, नवलपुरका पाँच, तनहुँका चार, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक/एकजना रहेका छन् ।
गण्डकी प्रदेशका सात जिल्लामा मंगलबारमात्र ४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्