
धनकुटा, भदौ ३० । धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
स्थानीय तहहरुलेसमेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानहरुको आकर्षण बढेको हो ।
प्रविधियुक्त र व्यावसायिक उत्पादनलाई जोड दिन भन्दै धनकुटाका सुक्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् ।
ड्रागनका बिरुवा महँगो पर्ने हुँदा सबै किसानको पहुँचमा नरहेकोले सरकारले बिरुवा र प्रविधिमा सहयोग उपलब्ध गराउनुपर्ने किसानहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्