
काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०१८ मा अमेरिकाले चिनियाँ सामग्रीमा लगाएको अतिरिक्त कर अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तविपरीत रहेको दावी गरेको छ ।
अमेरिकाले चीनका अत्याधुनिक प्रविधिको चोरी गरेर उसैका सामनको आयातलाई कठोर बनाउन अतिरिक्त कर लगाएको भन्दै डब्लुटिओेले आलोचना गरेको छ ।
डब्लुटिओको उक्त भनाइको चीनले स्वागत गरेको छ । तर अमेरिकाले भने डब्लुटिओ चीनको इशारामा चलेको यसअघि आफूले गरेको दावी थप पुष्टि भएको प्रतिक्रिया दिएको छ ।
अमेरिकी व्यापार वार्ताकार टोलीका एक सदस्य राबर्ट लाइटिसाइजरले अमेरिकाले चीनको अन्यायपूर्ण व्यापारीक कदमको सामना गर्न तयार रहेको बताउनुभएको छ ।
यस्तै डब्लुटिओले चीनको हानिकारक प्रविधिको अभ्यासलाई रोक्न असमर्थ रहेकोसमेत टिप्पणी गरेको छ ।
सन् २०१८ मा अमेरिका र चीनबीच व्यापारिक युद्ध चल्न थालेपछि एक अर्का देशले आफ्नो देशमा आउने सामग्रीमा थप कर लगाएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्