
काठमाडौं । बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
जारी इंग्लिस फुटबल लिग कपमा खेलको निर्धारित समयमा कुनैपनि गोल नभएपछि पेनाल्टी सुटआउटमा ११–१० को गोलअन्तरले बर्नमाउथ विजयी भएको हो ।
त्यसअघि पहिलो हाफमा साम सरिजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । उनी अफसाइड देखिएका थिए ।
बर्नमाउथले अर्काे चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्