
कैलाली । सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका नमूनामध्ये ९ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार १ सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
धनगढी प्रयोगशालामार्फत ३८ हजार ८ सय २६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १५ हजार तीन सय र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत २ हजार ५ सय ६६ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ७५ हजार २ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ५५ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरीएका ९ प्रतिशत अर्थात ६ हजार ६ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका ५ हजार सात सयले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्