
काठमाडों । हरियो चियापत्तीको मूल्य तोकिए बमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका इलामका किसानलाई सूर्योदय नगरपालिकाले कानून अनुसार मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् ।
नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् ।
उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिए बमोजिमको चियाको मूल्य दिनुपर्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रतिबद्धता जनाउनुभएको हो ।
सूर्योदय नगरपालिकाको मुख्य नगदेबालीको रूपमा नगरका करिब ६५५ भन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् ।
नगरको मापदण्डलाई समेत नमान्दै उद्योगीले अहिले किसानलाई तोकिएको मूल्य नदिएका हुन् ।
मूल्य पाउनका लागि किसानले असारको पहिलो सातादेखि नै आन्दोलन सुरु गरेका हुन् तर उद्योगीले चासो नदेखाउँदा लामो समय बितिसक्दा पनि आन्दोलन निष्कर्षमा पुगेको छैन ।
प्रतिक्रिया दिनुहोस्