
म्याग्दी । १४ वर्षअघि २०६३ सालमा ट्रयाक खुलेको म्याग्दीको बेनी–दरवाङ सडकखण्डको अवस्था जिर्ण छ ।
म्याग्दीका मंगला, मालिका र धवलागिरि गरी तीन गाउँपालिका र छिमेकी जिल्ला बागलुङका कैयौं वस्तीहरुलाई जोड्ने बेनी–दरवाङ सडकखण्डको मर्मत तथा स्तरोन्नतिका नाममा करोडौं रकम खर्च भएपनि अवस्था भने उस्तै छ ।
बेनी नगरपालिकाको मंगलाघाटदेखि मालिका गाउँपालिका–६ दरबाङसम्म २४ किलोमिटर सडक पार गर्न वर्षामा यात्रुहरुलाई ज्यानकै माया मार्नु पर्ने हुन्छ ।
तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७४ असोज ४ गते बेनीदेखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्रे गर्न समानान्तर लामा जेभीसँग ४५ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०७६ माघ ४ गते सकिनुपर्ने यो आयोजनाको असार मसान्तको भौतिक प्रगति ३५ प्रतिशत मात्र छ ।
प्रतिक्रिया दिनुहोस्