
डडेल्धुरा । प्रसिद्ध ऐतिहासिक स्थल अमरगढी किल्लाको बेवास्ता गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
अमरगढी किल्लाकै नामबाट नामाकरण भएको डडेल्धुराको सदरमुकामस्थित स्थानीय तह अमरगढी नगरपालिका डडेल्धुराले पर्यटकीय क्षेत्र अमरगढी किल्लामा पर्यटन पूर्वाधार विकास कार्यमा स्थानीयसँग समन्वय नगरेको, पटक पटक बजेट फ्रिज गर्ने गरेको, टेण्डर अनुसार काम नगरेको भन्दै अमरगढी नगरपालिकाले देखाएको उदासिनतामाथि प्रश्न गरेका छन् ।
अमरगढी किल्ला जाने मुख्य पदमार्गको स्तरोन्नती, व्यवस्थित पार्किङलगायत किल्लाभित्रका संरचनाको संरक्षण, व्यवस्थित पूर्वाधार विकास, आगन्तुक पर्यटकको अभिलेख र आवश्यक सुरक्षा, सरसफाई तथा सहज आवागमनलगायतका मागहरु राख्दै ध्यानाकर्षण पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्