८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो


0
Shares

india corona

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।

पछिल्लो समय दैनिक ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा कुल संक्रमितको संख्या ५० लाख २० हजारभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालय तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण ८२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमित हुनेको संख्या तीव्र गतिमा बढ्दै गएको सो युनिभर्सिर्टीका तथ्यांकले औंल्याएको छ ।

पछिल्लो समय अक्सिजनको माग ह्वात्तै बढेको भारतमा अक्सिजनको कमी हुन सक्ने आंकलन गरिएको छ ।

यो महिनाका हरेक दिन अस्पताल तथा केयर होमहरुमा २७ सय टन अक्सिजन खपत गरिरहेका छन् ।

अस्पताल तथा व्यवसायजन्य क्षेत्रबाट पनि माग बढेकाले अक्सिनको अभाव हुँदै गएको बताइएको छ ।

विश्वमा कोराना प्रभावित मुलुक अमेरिकामा कुल संक्रमितको संख्या ६६ लाख ५ हजार नाघेको छ । भने १ लाख ९६ हजार बढीको मृत्यु भइसकेको छ ।

यस्तै ब्राजिलमा कुल संक्रमितको संख्या ४३ लाख ८२ हजार भन्दा बढी पुगेकोमा १ लाख ३३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । एजेन्सी