१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


काम गर्दागर्दै वडा सचिवको मृत्यु


0
Shares

जाजरकोट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ ।

कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उहाँको मृत्युु भएको हो ।

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत हुनुहुन्थो ।

निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।