
नवलपुर, भदौ ३१ । हत्याको आरोपमा पूर्वी नवलपरासी प्रहरी कार्यालयले दुईजनालाई पक्राउ गरेको छ ।
एकजना व्यक्ति हत्याको आरोपमा उनकी श्रीमतीसहित दुईजना पक्राउ परेका हुन् ।
२०७६ असार २० गते गैंडाकोट नगरपालिका–१८, हुर्चिल बस्ने ४२ वर्षीय धनबहादुर सुगुरपाक मगरलाई ३८ वर्षीया श्रीमती फूलमाया र सोही ठाउँका ४० वर्षीय मेखबहादुर सुनारीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले बताउनुभयो ।
धनबहादुर हराएको भनी यही भदौ २९ गते उनको परिवारको तर्फबाट प्रहरीमा निवदेन परेको थियो ।
त्यसपछि खोजतलासकाक्रममा सोही दिन राति उनको शव स्थानीय सुन्दरी सामुदायिक वनमा गाडेको अवस्थामा कंकाल फेलापरेको खाँडले जानकारी दिनुभयो ।
सोधपुछकाक्रममा फूलमाया र मेखबहादुर मिलेर एक वर्षअघि हत्या गरेको खुलेको हो ।
पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्