१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन बजारमा


0
Shares

काठमाडौं, भदौ ३१ । कोरोना महामारीको जोखिम बढिरहेका बेला पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन बजारमा आएको छ ।

बुधबार काठमाडौंमा सार्वजनिक गरिएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ ।

खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले बजारमा ल्याएको यो मेसिनले बैंकहरुमा मात्रै नभएर, अस्पतालहरुमा नियमित प्रयोगमा आउने सामग्री र पानीबाहेक अरु घरायसी सामग्रीहरु पनि डिसइन्फेक्सन गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीका निर्देशक मनिस थापाले तीन सेकेन्डदेखि चार मिनेटसम्ममा कुनैपनि सामान डिसइन्फेक्सन गर्न सकिने बताउनुभयो ।

न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षणपछि मेसिन बजारमा सार्वजनिक भएको हो ।