
काठमाडौं, भदौ ३१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।
आठौं विज्ञान दिवसको अवसरमा बुधबार कीर्तिपुरस्थित बीपी मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालयमा आयोजित कार्यक्रममा उहाँले ‘विज्ञानको क्षेत्रमा अपेक्षाअनुरुप काम गर्नु नसक्नुको प्रमुख कारण नै जनशक्तिको अभाव हो’-भन्नुभयो ।
मन्त्री पोखरेलले अनुसन्धान केन्द्रहरु स्थापना गर्न आवश्यक बजेटसमेत छुट्ट्याएको जानकारी दिनुभयो ।
नेपालमा ९० हजार वैज्ञानिक रहेका एक प्रतिवेदनले देखाएको भन्दै मन्त्री पोखरेलले उनीहरुको व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।
हाल विधि विज्ञान प्रयोगशाला प्रदेश नम्बर-२ र सुदूरपश्चिम प्रदेशमा स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्