
डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मानहानिको मुद्दा दायर गरिएको छ ।
सर्वाेच्च अदालतको फैसलाविपरीत सडकको टेन्डर प्रक्रिया खोल्न लगाएको भन्दै अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायविरुद्ध मानहानिको मुद्दा दर्ता गरिएको हो ।
उचित मुआब्जाको व्यवस्था गरी सडक विस्तार गर्ने सर्वाेच्चले २०६८ सालमा फैसला गरेको भएपनि नगरपालिका अदालतको फैसलाविपरीत गएको भन्दै मुद्दा दर्ता गरिएको सडक मुआब्जा संघर्ष समितिले जनाएको छ ।
सडक फराकिलो बनाउन आर्थिक वर्ष २०७६/०७७ मा खोलिएको ठेक्का सडक क्षेत्राधिकारभित्र बनेका घरको मुआब्जाको विषय नटुंगिएपछि एकपटक रद्द भएको ४४ करोडको टेन्डर पुनः दोस्रोपटक खोलिएको छ ।
तर, अदालतको फैसलाअनुसार मुअब्जाको व्यवस्था नभइ पुनः ठेक्का खोलिएको र सडक आसपासका खोकाछाप्रा हटाउने सातदिने सूचनाविरुद्ध स्थानीयले मुद्दा दायर गरेको संघर्ष समितिका संयोजक दुर्लभ झुकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्