त्रिवि शिक्षण अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशाला । फाइल तस्वीर ।
काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको परीक्षणका लागि लिइएको स्वाब स्टोर गरेर राख्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘रिपोर्ट पोजिटिभ’ आएको छ भने तीन महिना र ‘नेगेटिभ’ आएको छ भने एक महिनासम्म स्टोर गरेर राख्न प्रयोगशालाहरुलाई आग्रह गर्नुभयो ।
उहाँले ‘आरटी-पीसीआर’ परीक्षणको नजिता ‘सिटी भ्यालु’अनुसार दिनसमेत आग्रह गर्नुभयो ।
यस्तै, मन्त्रालयले कोरोनाको शंकास्पद बिरामीको मृत्यु भएको छ भने शव व्यवस्थापन मापदण्ड पालना गरेरमात्र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
मृत्यु भइसकेको व्यक्तिको कोरोना परीक्षण नगराउन र मृतकको सम्पर्कमा आएका सबै व्यक्तिलाई १४ दिन ‘क्वारेन्टिन’मा बस्नसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्