१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री भट्ट आफैं ग्राहक बनेपछि…


0
Shares

काठमाडौं, भदौ ३१ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनुभएको छ ।

कोरोनाभाइरस (कोभिड-१९)को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफैं बजार अनुगमनमा निस्कनुभएको हो ।

अनुगमनकाक्रममा मन्त्री भट्ट बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीयसचिव हितेश ओझाले जानकारी दिनुभयो ।

‘मन्त्रीसमक्ष बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासि बढेको गुनासो गर्नुभयो । अनि, उहाँ आफैं झन्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो’-उहाँले भन्नुभयो-‘ग्राहक बनेर मन्त्रीले करिब २० केजी प्याजसमेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।’

बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्री-वितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ती थोक पसललाई कारबाही गर्न निर्देशनसमेत दिनुभएको उहाँका स्वकीयसचिव ओझाले बताउनुभयो ।

उहाँकाअनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज बिक्री गर्ने पसललाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।

अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।