१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय संचालन हुने


0
Shares

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय आज(विहीबार)बाट संचालन हुने भएका छन् ।

कोरोना भाइरसका कारण पठनपाठन प्रभावित भएका गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन आजबाट संचालन गरिने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो ।

गाउँपालिकाका सबै २२ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षा क्षेत्रसँग सरोकारराख्ने निकायसँग गाउँपालिकाले छलफल गरेपछि आज कक्षा संचालन गर्ने गरी आवश्यक परामर्श र तयारी गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका कतिपय वडा दुर्गम क्षेत्रमा रहेकाले कक्षा शिक्षणबाहेक विकल्प नदेखिएकाले अवस्था अनुसार उचित व्यवस्थापन र स्वास्थ्य सतर्कतासहित विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ ।