
प्रदीप ज्ञवाली । फाइल तस्वीर ।
गुल्मी, असोज १ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताउनुभएको छ ।
बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै उहाँले कोरानाविरुद्धको लडाइँ सरकारकोमात्र नभएको भन्दै सबै नागरिक सतर्क, सचेत र जागरुक हुनुपर्ने बताउनुभयो ।
मन्त्री ज्ञवालीले सरकारले स्वास्थ्यको क्षेत्रमा पर्याप्त ध्यान दिँदै कोरोनाका कारण बिग्रन लागेको अर्थतन्त्र लयमा फर्काउन लागिपरेको उल्लेख गर्नुभयो ।
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर र १.५ प्रतिशतका दरले गरिबी घटाउँदै गएको भन्दै सबै सूचकांकहरुमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको मन्त्री ज्ञवालीको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्