
फाइल तस्वीर ।
काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्तिमार्फत् शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताउनुभएको छ ।
परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शंकास्पद मृत्युको परीक्षणबाट ‘रिपोर्ट नेगेटिभ’ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुनसक्ने स्पष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्