
ैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ ।
अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत सङ्कलन भएको छ ।
विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई बिहीबार कारबाही गरिएको जानकारी दिनुभयो ।
बजारमा पछिल्लो समय प्याजको मूूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ ।
बिहीबार मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उहाँले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५-५५ हजार जरिवाना गरिएको बताउनुभयो ।
यसैगरी काठमाडौँ महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार, महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्