
काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएको नेपाली ब्रोडगेज रेल बिहिबार जयनगरस्थित रेल्वे स्टेशन आइपुगेको छ ।
परीक्षणका लागि आएको रेल आज जनकपुर आइपुग्ने छ । नेपालले भारतको कोंकन कर्पोरेशसँग ८४ करोड ६५ लाखमा दुईवटा रेल खरिद गरेको थियो ।
रेल आज जनकपुर आई परीक्षणपश्चात फेरि भारतमा फर्कने छ । नेपालमा पूर्णरुपमा रेल सञ्चालनमा नआउञ्जेल रेल भारतको जयनगरमा नै रहने रेल्वे कम्पनीले जनाएको छ ।
सञ्चालनमा नआएसम्म रेलको सुरक्षा भारतीय कर्मचारीले नै गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्