
फाइल फोटो
चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।
आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेको छ ।
अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्